एउटा बच्चाले आफ्नो बाऊलाई सोध्छ : तपाईहरू के गरी बस्नु हुन्थ्यो, जत्तिखेर
- न प्रविधिमा पहूँच थियो,
- न हवाइजहाज थिए,
- न इन्टरनेट थियो,
- न कम्प्युटर थियो,
- न कुनै नाटक थिए,
- न टेलिभिजन थिए,
- न एयर कण्डिशन थियो,
- न कार थिए,
- न मोबाइल फोनहरू थिए ।
बाउले_उत्तर_दिन्छन् :
"जसरी तिम्रो पुस्ता आज बाँचेको छ" :
- न प्रार्थना छ,
- न दया/करूणा छ,
- न इज्जत/सम्मान छ,
- न चरित्र छ,
- न लाज छ,
- न कुनै विनयशीलता छ,
- न समय-पालना छ,
- न इमान्दारिता छ,
- न पढाइ छ,
- न भरपर्दा साथीसंगी छ्न् ।
सन् १९४० देखि १९९० को विचमा जन्मिने हामी साँच्चिक्कै भाग्यमानी छौँ । हाम्रो जीन्दगी त्यसको ज्वलन्त प्रमाण हो :
१.खेल्दा र साइकल चलाउँदा हामीले कहिल्यै हेलमेट लगाएनौँ ।
२.हामीले स्कूलपछि साँझ परुञ्जेल खेल्यौँ, टिभि कहिल्यै हेरेनौँ
३.हामी साँच्चैका साथीसङ्ग खेल्यौँ, इन्टरनेटका साथीसङ्ग होइन।
४.तिर्खा लागे धाराको पानी सोझै पियौँ, बोतलको होइन ।
४.चार जना साथीले एउटै गिलासबाट जुस पिए पनि कहिल्यै विरामी परेनौँ ।
५.दैनिक एक-एक थाल भात खाए पनि हाम्रो तौल कहिल्यै बढेन।
६.खाली खुट्टा डुलेपनि हाम्रा पैतलामा केही भएन ।
७.हाम्रा बाउ-आमाले हामीलाई स्वस्थ राख्न कुनै थप पोषिलो खाना खुवाउनु परेन ।
८.हाम्रा खेलौना हामीले आफैँ बनायौँ र खेल्यौँ ।
९.हाम्रा बाऊ-आमा धनी थिएनन् । तिनले हामीलाई प्यार दिए, अरू सांसारिक बस्तु होइन ।
१०.हामीसङ्ग कहिल्यै मोबाइल फोन थिएन, डिभिडि, प्ले-स्टेशन, एक्स-बक्स, भिडिओ गेम, ब्यक्तिगत कम्प्युटर, इन्टरनेट-गफ थिएनन् तर हामीसङ्ग वास्तविक साथीहरू थिए ।
११.हामी नबोलाइकनै साथीको घर जान्थ्यौँ र उतै खाना खान्थ्यौँ।
१२.तिम्रो भन्दा अलि फरक, हाम्रा नाता-गोता नजीकै बस्थे, त्यसैले हामी सङ्गै पारिवारिक जमघटको आनन्द लिन्थ्यौँ ।
१३.हाम्रा श्याम-स्वेत तस्वीर हुन सक्छन् तर तिनमा तिमीले रङ्गीन यादहरू पाउँछौ ।
१४.हाम्रो पुस्ता अद्वितीय र सबै भन्दा बढि सुझ-बुझ भएको पुस्ता हो किनकि #हामी आफ्ना माता पीताले भनेको सुन्ने अन्तीम पुस्ता हौँ र आफ्ना छोराछोरीको कुरा सुन्ने पहिलो पुस्ता हौं । हामी यस्तो पुस्ता हौं, जसले आफू जन्मदा अस्तित्वमै नभएका प्रविधिको प्रयोग गर्न समेत तिमीलाई मद्दत गरिराखेका छौँ ।
१५.हामी "लिमिटेड इडिसन" हौँ ! त्यसैले तिमीहरू
- हामीसँग रम,
- हामीबाट सिक,
- हामीलाई सम्पत्तिको रुपमा लेऊ,
- हामी यो धर्ती र तिम्रो जीवनबाट अलप हुनु अघि यहाँका सबै चिज र सबै मान्छेलाई माया गर ।
- Im 90s kid