सर्वोच्च अदालतमा गाँजा मुद्दाको अग्राधिकार सुनिश्चित गराई २१ गते मुद्दा फैसला गर्न बृहत जन दबाब तथा सामग्री प्रदर्शन गर्दै गाँजा अभियन्ताहरुले जय बागेश्वरी मन्दीर डबली,काठमाण्डौँ। आजबाट आमरण अनसन सुरु गरेका छन् नेपाल गाँजा वैधानिक महाअभियान नेपाल फार्म व्यवसायी संघको संयोजकत्वमा
श्रावण १२ गते देखि २१ गते सम्म हुने बृहत दबाब कार्यक्रममा देशभरका सामाजिक अभियन्ता तथा नागरिकहरुको सहभागिता रहने तथा देशव्यापी रूपमा गाँजा बैधनिकीकरणका लागि
लागिपरेका अभियन्ता ,विज्ञ ,विशेषज्ञहरुको समेत उपस्थिति रहने संयोजक रीगेन्द्र गिरीले बताए।नेपाल बन्छ जब नेपालमै बन्छ स्लोगन सहितको कार्यक्रममा सामाजिक अभियन्ता डाक्टर निकोलस भुसाल साथै एटीएफ का सदस्यहरूको पनि सहभागिता रहेको र आउँदा दिनहरुमा पनि सामाजिक अभियन्ताहरु जोडिँदै जाने सर्वोच्च अदालतलाई मुद्दा फैसला गर्न जनदबाब सृजना गर्ने काम जोडतोडले अघि बढ्दै गरेको जानकारी सँगै मुद्दा फैसला नहुँदा सम्म आमरण अनसन नतोड्ने गिरीले बताए।