एकथरि युवा देशमा केही छैन भन्दै विदेश पसिरहेका छन्। अर्का थरी युवा देशमै केही गर्नुपर्छ भन्दै बसिरहेका छन्। विदेश पठाउने युवालाई नेपालमा च्याउ जसरी उम्रिरहेका म्यानपावर कम्पनि, कन्सल्टेन्सीहरूले नेपालमा केही काम छैन भन्दै उडाइरहेका छन्। नेपालमै बस्ने पनि कि राजनीतिक पहुँचवाला, मारवाडी, गुन्डा वा चाकरी चाप्लुसी गर्न सक्नेहरूले मात्रै प्रगति गरिरहेका छन्। हामी युवा एक जुट हुन् सक्यौ भने क्रान्ति अवश्य आउँछ तर हामीले चाकरी र चाप्लुसीको मानसिकता त्याग्न सक्नुपर्छ । मेरो पार्टी मेरो नेता मेरो मान्छे मेरो जातको मेरो गाउँको भनेर हामीले सधैँ चाकरी र चाप्लुसी गर्न जरुरी छैन।
दक्षिण एशियाका देशहरुमा हालै भएका विकसित घटनाक्रमहरु लाई नियाल्दा श्रीलंकाका राष्ट्पति गाेटावाया राजापाक्षेले देश छाडेर भागे,अफगानिस्तानका राष्ट्रपति अशरफ घानिले देश छोडेर भागे,पाकिस्तानका पूर्व प्रम ईमरान खान र उनकि धर्मपत्नि वसुरा बिबिला १४ बर्षकाे सजाय सहित जेल पुगेका छन । बंगलादेशका प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकि छन। लाेकतन्त्र र गणतन्त्रको नाममा मनपरि चल्दैन जिम्मेवार सम्बद्ध सबै पक्षले आफुलाई पुनर्बिचार र परिमार्जित गर्नु पर्ने टडकाराे आवस्यकता देखियकाे छ । बंगलादेशकाे आर्थिक बिकासले लियकाे गतिले समेत कुनै अर्थ राखेन। जनताकाे मन,चित्त र आत्मा रुवाउने अनि राष्ट्रिय सम्पतिमा ब्राह्मलुट मच्चाउने कार्यले देश छाडनु पर्दाे रहे छ । के नेपालमा युवा क्रान्ति सम्भव छ ?
१.स्थानिय निकाय दलबीहीन
२.प्रतक्षकार्यकारी प्रधानमन्त्री पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित कार्यकारी,
३.संघीयता खारेज ।
४.नेशन फर्स्ट, पहिला देश, उन्नत लोकतन्त्र प्रत्यक्ष प्रजातन्त्र
५.गम्भीर राष्ट्रघात गर्ने राजनीतिजीवीलाई मृत्युदण्ड
६.देशबाट सबै विदेशी आइएनजिओ लखेट्ने, स्रोत नखुलेको सम्पत्ति सबै जफत
७.प्रदेशका सांसद, मन्त्री मुख्यमन्त्री खारेज, राष्ट्रिय सभा खारेज, न्यायाधीसको राजनीतिक नियुक्ति अन्त्य, अदालती प्रहरीको व्यवस्था, संसदीय व्यवस्था अन्त्य
८.हिन्दू बौद्ध र किरात धर्म राज्य घोषणा
९.असमान सन्धी सम्झौता र राष्ट्रघाती ऐन विधेयक खारेज
१०. सांसदहरु मन्त्री,प्रधानमन्त्री बन्न नपाउने,
११.सांसदले सरकार बनाउन ढलाउन नपाउने, सोझै जनताले चुन्ने र ढाल्ने,
१२.गलतलाई राइट टु रिकल र खराबलाई राइट टु रिजेक्ट प्रयोग
१३. सोह्र वर्ष देखि २६ वर्षसम्मका सबै युवालाई अनिवार्य सैनिक स्वयम सेवामा भर्ना गरी
१४.निःशुल्क स्वास्थ्य शिक्षा र होस्टेल, देशभरका खाली जमीनमा दैनिक २ घण्टा श्रम सहित विदेशी आयात रोकी निर्यातयुग शुरु गरी आत्मनिर्भर देश बनाउने
१५..संसारका सबै देशलाई अन अराइभल भिसा बन्द गर्ने
१६.साना तथा मझौला राष्ट्रहरुको संलग्नतामा बेग्लै विश्वशक्ति संगठनको निर्माण गरी नेपालले त्यसको नेतृत्व गर्ने, राष्ट्रहितका आधारमा परराष्ट्र सम्बन्ध स्पष्ट पारिने
१७.भ्रष्टाचारको तत्काल छानबीन र कारबाही ।
१८.शिक्षा स्वस्थ्य न्याय र सुरक्षा निःशुल्क ।
१९.किसानका लागी मल बियू बजार, अनुदान र पेन्शनको बेवस्था ।
२०.उद्यमी व्यापारीको व्यापार सुरक्षा, ऋण र लगानीको बेवस्थापन २१. सहकारी लघुबित्त पीड़ितले पैसा फिर्ता पाउनू पर्ने ।
२२.सुरक्षाकर्मी, स्वस्थ्यकर्मी, सरसफ़ाई लगाएत जोखिम र २४ घन्टाको कामलाई बिसेश सुविधा । १६ वर्षमा अवकास लीन पाउने बेवस्था ।
२३.बिदेशमा रहनेलाई मताधीकार ।
२४. देशमा रोज़गारिको ग्यारेंन्टी ।
२५.मन्त्री बिज्ञ हुने संसद नहूने ।
२६.गाजा, लोकल रक्सी, साल र खानीको बैधानिकता ।
२७.कुनैपनी क्षेत्रको राष्ट्रीय ब्यक्तीत्व देखी अब्बल राष्ट्रपती चयन गर्ने
२८.जघन्य अपराध भरताचर मुद्दाको अपराधीलाई फाँसीको सजाय
२९. संसदीय प्रणालीको अन्त्य पुराना दलहरु बहिस्कार
३०. असारे आर्थीक बर्ष परिवर्तन गरि पौषमसान्त लाई कायम गर्ने
३१..सेना र प्रहरी बाहेक सबै सरकारी सेवालाई करारमा राख्ने
३२.टेलीकम,आयलनिगम लगायतका संस्थानहरुलाई
अर्धसरकारी बनाउने
३३.भन्सार र कर लाई पुर्णरुपमा प्रबिधीमा लाने र
भुक्तानीलाई पुर्ण डिजीटल बनाउने
३४.अन्डर बिलींग र फर्जी बीलींग पुर्ण नियन्त्र गर्ने
३५.राष्ट्रीय गौरबका आयोजनामा कम्तीमा ५०% काम स्देसी
कम्पनी देखीनै गर्नुपर्ने र प्रकृतीक प्रकोप बाहेकका कुनैपनी कारणले निर्माण अबधी नथप्ने गरि कानुन बनाउने र आयोजना समयमा निर्माण गर्न सरकारले सबै पक्षको पहलगर्ने र समयमा सम्पन्न नगर्ने कम्पनीलाई कालोसुचीगरी निर्माण बांकी निर्माण पुन बिडींग गरि अर्को कम्पनीलाई दिने
३६. निजी स्तरबाट हुने ठुला परियोजनामा आवस्यक पुर्बाधार बाटो ,ढल ,पानी र बिजुली सरकारले तुरुन्तै गरिदीने