मिति २०७९ साल माघ १ आईतबार बिहान ११:००बजे पोखरामा दुर्घटनाग्रस्त यती एअरलाइन्सको विमान७२ जना यात्रु र चालकदलका सदस्य काठमाण्डूबाट पोखरा उडेको थियो यो सन् १९९२ पछिको नेपालको सबैभन्दा दुःखद हवाई दुर्घटना थियो ।
१५.५ वर्षअघि निर्मित विमान 9N-ANC विमानको दर्ता नम्बर भएको विमान काठमाण्डूबाट १० बजेर ३२ मिनेटमा उडेको थियो।
पोखरामा विमानस्थलनजिकै सेती खोंचमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य सहित सम्पूर्ण यात्रुहरुको घटना स्थलमै स्वर्गवास भएको थियो
आखिर कसरी दुघर्टना ग्रस्त भएको थियो? यति एयरलाइन Flight 9N-ANC विमान दुघर्टना ,पोखरा २०७९ माघ १ गते ११:०० बजे
दुर्घटनाअघि पाइलट र कोपाइलट बीचको कुराकानी जस्ताको तस्तै :
पाइलटः अहिले हामी वान जिरो डेभिड अँ सिक्स फाइभ । अहिले फाइभ श्री भए पनि टेरेन (डाँडा) आउँदैन रछ । हामी सिक्स फाइभ धेरै माथि पो रहेछौँ त पहिला । अब हेयरिङ मोडतिर जाऔं, अलिक राइटतिर बस यसले ठिक लादैन, राइट हेरियङ श्री वान जिरो हेयरिङ ।
कोपाइलटः हजुर ।
पाइलटः वान वान फाइभ छ । त्यहाँ त्यसमा चाहिँ बल्ल सेटल हुन्छ, रनवे वान टु जिरो चाहिँ वान वान फाइभमा सेटल हुन्छ ।
कोपाइलटः ए..ए.. ।
पाइलटः झर्दै जाउँ फोर वानसम्म झरे हुन्छ । अनि पहिला पुरानो पासमा पार है, सानो ठाउँमा ।
कोपाइलटः ए.. हुन्छ हुन्छ ।
पाइलटः तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै ।
कोपाइलटः हो.. हो.. गरेको हो ।
पाइलटः त्यो पासमा चाहिँ श्री थाउजेण्ड फाइभ
पाइलटः त्यो पासमा चाहिँ श्री थाउजेण्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है। उ त्यो रनवे भिजुवल छ । अझै राइटमा बस राइट ह्याण्ड डाउन, ए लेफ्ट ह्याण्ड डाउन । पुरानो एयरपोर्टमा बेस बनाउ है । बेस बनाउनु परो ?, हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर ।
कोपाइलटः अँ । भिजुअल..।
पाइलटः त्यसपछि कन्टिन्यू टर्नको टर्न नै गर है। ओके फोर फाइभ, १७० स्पिड ठिकै छ ।
कोपाइलटः हजुर ।
पाइलटः अ ठ्याक्क, त्यो डाँडामा ।
कोपाइलटः ओके ।
पाइलटः धेरै जनालाई गराइसकें, अलि कम्फर्टेबल नै छ, त्यस्तो अनकम्फर्टेबल छैन । बिहान मात्र हो अर्लि मर्निङमा चाहिँ डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुंवालो) हुन्छ । त्यतिखेर मात्र हो ।
कोपाइलटः अब यो पाइभ माइल्सबाट चाहिँ झर्ने। होइन त अब ?
पाइलटः ओके । डाउन टू श्री थाउजेन्ड । फाइनलमा चाहिँ थ्री थाउजेन्ड हो। ठिक्क हुन्छ । (टावरसँग पाइलटले विमान अवतरणका लागि सम्पर्क गर्छन्) पोखरा यति एयरलाइन्स सिक्स नाइन वान ।
ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु ।
ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु । (ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको अस्पष्ट कुराकानी)
पाइलटः त्यो दुई वटा डाँडाको बीचमा ल्याउँ है। श्री फाइभ मात्र र धेरै तल पनि नजाउ । धेरै टेरेन आएको आए गर्छ । त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला । ऊ त्यो चाहिँ हो त्यो ठूलो । डाँडाको अलि यता । अलि धेरै लङ बनाउन खोज्यौं भने त्यो टावरतिर पुग्छ नि फेरि । त्यतातिर जानु हुँदैन ।
पाइलटः ओके अब डाउन ।
कोपाइलटः अब म्यानुअल लिने हो सर ?
पाइलटः हैन हैन ए पर्दैन । एकछिन ठिकै छ । सीधा गइन्जेल पर्दैन । त्यसपछि लास्टमा चाहिँ म्यानुअल ।
केही सेकेन्डपछि ।
पाइलटः ल अब यहाँबाट चाहिँ म्यानुअल लिए हुन्छ । ९ककपिटमा हुँ'दूँ।। आवाज आउँछ ।०
कोपाइलटः ओके ।
पाइलटः फ्ल्यास लिभर वान फिफ्टी । फ्लाप्स थर्टी झर्दै जाउँ है। रेडी फर ल्यान्डिङ । ल्यान्डिङ गियर ।
कोपाइलटः डाउन ।
पाइलटः फ्लाप्स ।
कोपाइलटः थर्टी ।
पाइलटः ट्रान्समिसन ।
कोपाइलटः टेकअफ । (अस्पष्ट निर्देशन र जवाफ)
पाइटलः एक्सटर्नल लाइट ।
कोपाइलटः अन । के आयो ?
पाइटलः हेर ।
कोपाइलटः एयर लिफ्ट भनेर आइरहेको छ ।
(ककपिटमा जहाजको उचाइ संकेत ध्वनी बज्छ ।)
कन्टिन्यु टर्न होइन ?
पाइटलः हो। यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै
पाइटलः हो । यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै ।
कोपाइलटः तलै जानु परो ?
पाइलटः होइन.. होइन.. तल होइन । यो यत्तिकै ठिक छ पावर हाल है।
कोपाइलट (आत्तिदै): पावरै आएन । (डराउँदै) पावरै आएन त । (रनवे वान टुमा ल्याण्ड गर्न एटीसीको संकेत)
पाइलटः पावर.. अगाडि हाल्नु परो नि ?
कोपाइलट (डराउँदै): आएन सर, टर्क नै आएन के सर ।
पाइलटः यता जाउ त ।
कोपाइलटः यो डुअल ल्यान्डिङ है सर ।
पाइलटः हूँ।
कोपाइलटः टर्क नै आएन के सर । यो आउनु पर्ने नि त टर्क यतातिर के सर । ओके..
पाइलटः के भयो ? जहाजमा खतराको संकेत हूँ...
टु... दूँ... दूँ... आवाज आउँछ)
आ....... (कोपाइलट चिच्याएको आवाज आउँछ)
कोपाइलट चिच्याएसँगै विमान सेतीको खोंचमा दुर्घटना हुन पुग्दछ ।